top of page

युवा महिलाका लागि राजनीतिक साक्षरता कार्यक्रमको आवेदन फारम

Dec 18, 2025
1 min read

के तपाईं राजनीतिक साक्षरता र नेतृत्वमा रुचि राख्ने महिला हुनुहुन्छ? यदि हो भने यो अवसर तपाईंको लागि हो।

महिला शक्ति विकास केन्द्र नेपाल एक गैरसरकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै ग्रामीण भेगमा रहेका महिलाहरूसँग कार्यक्रमहरू गर्दै आइरहेको छ । यसै अन्तर्गत महिला शक्ति विकास केन्द्र नेपालले १८ वर्षदेखि २४ वर्ष उमेरका १२ वटा जिल्लामा बसोबास गर्ने युवा महिलाहरूका लागि कार्यक्रम लिएर आएको छ । 


📍 जिल्लाहरू


निम्न जिल्लाका महिलाहरूले आवेदन दिन पाउनेछन्: तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, गोरखा, चितवन, कास्की, तनहुँ, बैतडी, डोटी, डडेल्धुरा र धनगढी जिल्ला 


कार्यक्रमका मुख्य आकर्षणहरू

राजनीतिक साक्षरता, नेतृत्व र नागरिक संलग्नता सम्बन्धी क्षमता अभिवृद्धि कार्यशालाहरू

सामुदायिक परियोजनाहरू कार्यान्वयन गर्ने अवसर

१२ जिल्लाका सबै सहभागीहरूका लागि आदानप्रदान कार्यक्रम



👩‍🎓 कसले आवेदन दिन सक्छन्?


१८-२४ वर्ष उमेरका महिलाहरू

राजनीति वा सामाजिक परिवर्तनमा रुचि राख्ने

आफ्नो समुदायमा भविष्यका नेता बन्न प्रेरित

राजनीतिक प्लेटफर्महरूमा सीमित सम्पर्क भएका महिलाहरू

आफ्नै स्थानीय क्षेत्रमा बसोबास गर्ने


📅 कार्यक्रम विवरण

कुल सहभागीहरू: ६० जना महिलाहरू छनोट गरिनेछ

अवधि: (कार्यक्रम छ महिना भित्र सञ्चालन गरिनेछ)

स्थान: [जिल्लाहरू मध्ये नजिकैको केन्द्रीय स्थानहरूमा क्लस्टर अनुसार सञ्चालन गरिनेछ]

लागत: नि:शुल्क (यात्रा र आवास सहित)



📌 कसरी आवेदन दिने

आवेदन दिने अन्तिम मिति: २०८२ पुष १५


कृपया गुगल लिङ्कमा यो फारम भर्नुहोस्: https://forms.gle/2jEjHmttF2eFiLYX6 


वा फारम भर्नुहोस्, स्क्यान गर्नुहोस् र यो इमेलमा पठाउनुहोस्: mahilashakti.program@gmail.com 


प्रश्नहरूको लागि सम्पर्क गर्नुहोस्: ९८०११६७१५१/९८०११६७१५३


 
 
 

Recent Posts

See All
जुनियर कोर लिडरदेखि वडा सदस्य हुँदै प्रदेश कमिटीको सदस्य सम्मको यात्रा

काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर ११ निवासी गिता सुनार महिला शक्ति विकास केन्द्र नेपालको लागि कुनै नौलो नाम होइन । वि. सं २०६८...

 
 
 

Comments


  • Facebook
  • Instagram
  • LinkedIn
  • Youtube
bottom of page