सुख पछि दुःख, दुःख पछि सुख आउँछ भने जस्तै जिवनमा अनेकन उतार चढावलाई सामना गर्दै, संघर्षपूर्ण जिवनमा अझै संघर्ष गर्दै छिन्, काभ्रेपलाञ्चोककी सविता न्यौपाने । दुःिखको घरमा मात्र तेरे बास हुने भए हे ईश्वर दया राखि अझै मलाई दुःख दे भन्ने भनाई उनको जिवनमा चरितार्थ हुन्छ । सिन्धुपाल्चोक जिल्ला साबिक धुस्कुन १ हाल त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनमा जन्मिएकी सविताको जिवनको संघर्षको कथा सुनाउने हो भने आँशु नझार्ने को होला ? कम उमेरनै नै धेरै समस्यासंग जुध्न बाध्य सवितालाई सन्तोकको श्वास फेर्ने मौका आज सम्म पनि मिलेको छैन । आफ्नो कुराहरु सुनाउँदा उनी भक्कानिएर आइन् । पारिवारिक समस्या, आफ्ना् वैवाहिक जिवनको समस्या, काम गर्दा काम गर्ने कार्यालय मै अपमान यस्ता कैयन पिडाहरु सहदै, भोग्दै आइरहेकी छिन् । हाल काभ्रे जिल्ला पाँचखालको तिनपिप्लेमा बस्दै आएकी न्यौपाने जब महिला शक्रि विकास केन्द्र नेपालमा आबद्ध भईन् त्यसपछि पिडा भुल्दै गएको बताउँछिन् । संस्थाले मल्हम लगाउने काम गरेको स्मरण गर्छिन् ।
उनको सानै बेलादेखिको रुची चाहिँ रेडियो सुन्ने, पत्रपत्रिका पढ्ने थियो । उनी अहिले पनि स्मरण गर्छिन्, समय मिलेसम्म रेडियो सुन्ने त्यसमा पनि समाचार, अन्तरवार्ताहरु ।
शुरुवाती अवस्थामा काभे्र जिल्लामा पनि केही रेडियो स्टेसनहरु खुल्ने क्रम शुरु हुँदै थियो । धुलिखेलमा ग्रेस एफएम पनि शुरु भइसकेको थियो ।२०६७ मा ग्रेस एफएम समाचार वाचिकाको रुपमा काम गर्न पाउँदा आफूमा आत्मा विश्वास अझै मजवुत हुँदै गरेको महशुुस भएको र कार्यप्रगति उन्मुख हुँदै गएको बताउँछिन् ।
वि.सं. २०७० सालतिर महिला शक्ति विकास केन्द्र नेपाल द्वारा संचालन भएको महिला नेतृत्व सिप विकास, महिला पुरुष समाज विकास लगायत ४÷५ वटा तालिम लिएको र तालिमबाट धेरै कुरा सिक्न पाएको बताउँछिन । लाखौं खर्च गरेर विश्वविद्यालय गएर पनि पाउन नसकिने ज्ञान सिप लिन पाउँदा आफूलाई भाग्यमानी ठान्छिन् ।
वि.सं. २०७१ साल बैसाख बाट महिला शक्ति विकाश केन्द्र नेपाल बाट प्रसारण हुने कार्यक्रम महिला आवाजको लागि काभ्रेबाट जिल्ला रिपोर्टरको रुपमा काम गर्ने अवसर मिल्यो ।जीवन आफैमा अप्ठ्यारो र चुनौतिपुर्ण त छँदै थियो । अनि यो कामलाई अन्जाम दिन त झनै चुनौतिपुर्ण थियो । रेडियोमा काम गरेको केही अनुभव भए पनि फिल्ड रिपोर्टिङ्गको अनुभव थिएन । स्क्रिप्ट लेख्ने, अन्तरवार्ता कसरी लिने, रिपोर्ट राइटिङ्ग लगायत आवश्यक महत्वपुर्ण कुराहरु सिक्दै काम गर्दै गएँ । गर्दै जाँदा आत्मा विश्वास पनि बढ्दै गयो र मिडिया क्षेत्रमा चिनजान पनि हुँदै गयो आफुले पनि निकै लगनशिल भएर मेहनत गदै गए जसले गर्दा अन्य रेडियो संघ संस्थाहरुमा पनि काम गर्ने अवसरहरु मिल्दै गयो र आर्थिक रुपमा पनि अगाढी बढ्न निकै सहज भएको बताउँछिन् । यस महिला शक्रि विकाश केन्द्र नेपालमा पनि निकै लामो समय जिल्ला रिपोर्टरको रुपमा काम गर्न सफल भएकोमा आफू हर्षित भएको बताउँछिन् ।
यद्यपि सामाजिक राजनीतिक लगायत हरेक क्षेत्रमा अगाडि बढ्न आत्मा विश्वास, कार्यक्षमता र शीप वृद्वि हुँदै गएको र काम गर्दै जाँदा कामले नै धेरै कुरा सिकाउने रहेछ भन्ने कुरा आफूलाई महसुस भएको स्मरण गर्छिन् । यस्तै नेपाल पत्रकार महासंघ काभ्रे शाखा सदस्यमा रहँदै गर्दा बागमती प्रदेशको निर्वाचनमा महिला सदस्यको टिकट पाउन सफल भएको र हाल प्रेस चौतारी नेपाल बागमती प्रदेश सदस्यको रुपमा आबद्ध रहेको बताउँछिन् । यहाँसम्म आइपुग्न धेरै समस्या, चुनौति र अप्ठ्याराहरु आए । २०७२ सालको भुकम्प, नाकाबन्दी, कोरोना महामारीको कारण लकडाउन जस्ता कठिनताहरु पनि व्यहोर्नुप¥यो । तर पनि महिला आवाज कार्यक्रम निरन्तर प्रसारण हुन सक्यो ।कठिन अबस्थाहरुमा पनि एउटा आमाले सानो बालक लाइ माया गरी हुर्काइ बढाइ उसको सुन्दर भबिष्य बनाए जस्तै मलाइ पनि यो अबस्थामा आइपुग्न सफल हुनुमा महिला शक्ति विकाश केन्द्र नेपालको ठुलो देन छ। यदि यो सस्था थिएन भने सायद आफू यो ससारमा नहुन पनि सक्थे भन्दै आफू जस्तो लाखौ महिलाहरुको जीवन परिर्वतन गर्न सफल भएको बताउँछिन् ।
コメント