जुनियर कोर लिडरदेखि वडा सदस्य हुँदै प्रदेश कमिटीको सदस्य सम्मको यात्रा
- Mahila Shakti Bikash Kendra Nepal
- Apr 11
- 2 min read
काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर ११ निवासी गिता सुनार महिला शक्ति विकास केन्द्र नेपालको लागि कुनै नौलो नाम होइन । वि. सं २०६८ सालदेखि २०७४ साल अर्थात २०७४ सालको संविधान सभा निर्वाचन हुनु अगाडि निरन्तर रुपमा जुनियर कोर लिडरको रुपमा काम गर्दै, विभिन्न किसिमका तालिमहरु दिदै आउनुभएको सुनारले संविधान सभा निर्वाचनमा नयाँ फड्को मार्नुभयो । अघिल्लो ५ वर्ष २०७४ देखि २०७९ सम्म धुलिखेल नगरपालिका वडा नम्बर ११ मा महिला वडा सदस्यको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नुभयो । त्यसो त महिला शक्ति विकास केन्द्र नेपालको प्रमुख ध्येय नै ग्रामिण महिलाहरुको सक्षमता विकास गर्दै निर्णायात्मक तहमा समा
वेशी सहभागिता र नेतृत्व प्रवद्र्धन गर्नु हो ।
काभ्रे जिल्लाको समन्वय समितिको सदस्य पनि भएको जानकारी गराउनुभयो । दलित महिलाको परिषद तथा महिला परिषद गठन गरेर त्यसमा छुवाछुतको सचेतना मूलक कार्यक्रमहरु र महिलाको लागि आर्थिक विकासका कार्यक्रमहरु ल्याउन सफल भएको बताउनुहुन्छ । क्षमता अनुसार महिला दिदी बहिनीहरुलाई सिपमुलक तालिम दिएको र वडाले मेशिन लगायतका सामग्रीहरु पनि उपलब्ध गराएको जानकारी दिनुभयो । आफू वडामा हुँदा महिला हिंसाका धेरै मुद्धाहरु आउने गरेको र कतिपय अवस्थामा ती मुद्धाहरु समाधान भएको बताउनुहुन्छ । यसको मतलब यो होइन कि महिलाले अन्याय सहेर बस्नुपर्छ । यस्तो मुद्धाहरुमा आफूले समन्वयको भूमिका निर्वाह गर्दा धेरै जस्तो अवस्थामा धेरै जस्तो घरेलु हिंसाको कारण बाह्य महिला वा पुरुष संग नजिक हुनु र दाइजो कम ल्याएको निहुँ लगायतका विषयहरुले गर्दा हिंसा भएको जानकारी दिनुभयो ।
महिला शक्रि विकास केन्द्र नेपाललाई उहाँ यसरी स्मरण गर्नुहुन्छ । २०६८ सालतिर आफू सामान्य रुपमा सहकारीमा आबद्ध भएको बताउनुहुन्छ । चुल्हो चौकोमा मात्र सिमित महिलालाई अब सामाजिक, आर्थिक राजनितिक पाटोमा पनि नेतृत्वदायी भूमिका निभाउन सक्ने बनाउन धुलिखेल ११ मा पनि संस्थाले तालिम दिने कुरा सुनेको र आफूले शुरुवातमा नेतृत्व विकास , महिला पुरुष समविकास लगायतका तालिममा सहभागिता जनाएको बताउनु हुन्छ । जुनियर कोर लिडरको रुपमा काम गदै जादा आफूमा निकै परिवर्तन आएको र महिला दिदी बहिनीहरु आर्थिक रुपमा सशक्त हुनु पर्ने कुरा त्यतिखेर मात्र बुझेको स्मरण गर्नुहुन्छ । महिला त्यसमा पनि दलित महिला, पिछडिएका र पछाडि पारिएका महिलालाई अगाडि आउन त्यति सहज त थिएन, तर महिला शक्रि विकास केन्द्र तयस्तो संस्था हो, जसले चाँहि यस्ता महिलाहरुको सदैव आवाज सुनेको बताउनुहुनछ ।
त्यसो त महिला शक्ति विकास केन्द्र नेपालले गठन गरेको गाऊँ महिला समुहसंग पनि आफू आबद्ध भएको र महांकाल गाऊँ महिला समुहमा अध्यक्षको रुपमा काम गदै आएको जानकारी दिनुभयो । आफू वडामा हुँदा गाऊँ भरि ११ वटा समुह छ त्यसमा २ लाख रुपैया सहयोग गरेको बताउनुभयो ।यही मार्च ८ मा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गर्ने क्रममा राजनितिक क्षेत्रमा अग्रसर भएर काम गरेको कारण धुलिखेल नगरपालिकाले आफूलाई पनि सम्मान गरेकोमा गर्व महसुस भएको बताउनुहुन्छ । अहिले प्रदेश कमिटीको सदस्यको रुपमा पनि काम गदै आएको जानकारी गराउनुभयो ।
Comentários